नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन « Khabarhub

नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

केही क्रसर उद्योग विभिन्न आयोजना निर्माणका लागि राखिएका तर आयोजना सकिँदा पनि सञ्चालनमा रहेको हुँदा त्यस्ता उद्योग तत्काल बन्द गर्नुपर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन कार्य भइरहेको र अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग पनि बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ । सूचनामा कानूनी मान्यता प्राप्त उद्योगहरूले पनि सम्पूर्ण कागजात अनुगमका क्रममा पेश गर्नपर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

कैलाली प्रजिअ थापाको नेतृत्वमा शनिबार जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन तथा निरीक्षण गरिएको थियो । क्रसर उद्योगले नवीकरणलगायत मापदण्ड पालना नगरिएको भेटिएको थियो । कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबार तीन क्रसर, बालुवा उद्योगको अनुगमन गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको शिवशक्ति प्रशोधन केन्द्रले बालुवाका लागि मात्र अनुमति लिएको छ । सो केन्द्रले गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको थियो । धनगढी उपमहानगरपालिका–११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा सङ्कलन गरिएको भेटिएको थियो । वन र खोला नजिकै नदीजन्य पदार्थ सङ्कलन गरेर राखेको सो कम्पनिसँग अनुमतिपत्र थिएन ।

धनगढी–११ मै रहेको उच्चकोटी आरएमसी इञ्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ सङ्कलन, ढुवानी गर्ने कागजपत्र थिएन । गृहमन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न प्रशासनलाई परिपत्र गरेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ३४ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर