नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान « Khabarhub

नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।

वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ बस्ने करिमान मियाँका वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय छोरा रहमान मियाँसहित २१ जनाले मिलेमतो एक अर्कालाई फाइदा पुर्‍याउने उद्देश्यले राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्‍याउने उद्देश्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेको प्रहरीले जनाएको छ ।

एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १ सय आठ बराबरको रकम हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सरकारी कागत तथा नागारिकता किर्ते मुद्दामा फरार रहेका वडा अध्यक्ष मियाँलाई मिति २०७९ पुस २१ गतेका दिन जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ८ स्थितमा घुमिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५९ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर