नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान | Khabarhub Khabarhub

नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।

वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ बस्ने करिमान मियाँका वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय छोरा रहमान मियाँसहित २१ जनाले मिलेमतो एक अर्कालाई फाइदा पुर्‍याउने उद्देश्यले राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्‍याउने उद्देश्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेको प्रहरीले जनाएको छ ।

एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १ सय आठ बराबरको रकम हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सरकारी कागत तथा नागारिकता किर्ते मुद्दामा फरार रहेका वडा अध्यक्ष मियाँलाई मिति २०७९ पुस २१ गतेका दिन जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ८ स्थितमा घुमिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५९ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै