महिनावारी सचेतना अभियान सुरु | Khabarhub Khabarhub

महिनावारी सचेतना अभियान सुरु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ ।

सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलालाई विशेषज्ञ चिकित्सकद्वारा महिनावारीका बारेमा जानकारी दिएको हो ।

डा सुनिता पुनले रजोनिवृत्ति (मेनोपोज) महिनावारी सुक्नु अगाडि एक वर्षसम्म महिनावारी नहुनुका बारेमा धेरै महिला अन्योल र त्रासमा रहने भएकाले यसबारे पूर्ण जानकारी लिनुपर्ने बताए । उनले महिलाले आफ्नो प्रसूति स्वास्थ्यबारेमा जान्नैपर्ने विषयमा जानकारी दिँदै महिनावारी सुक्नु अगाडि उमेरअनुसार खानपान नमिल्दा अण्डाशय र पाठेघरले काम नगर्ने, हर्मोनमा कमी हुने भएकाले प्रसूति स्वास्थ्यमा चनाखो रहनुपर्नेमा जोड दिए ।

डा पुनले त्यस अवधिमा शरीरलाई तन्दुरुस्त बनाउन व्यायाम गर्नुपर्ने औँल्याउँदै समयमा निन्द्रा कम लाग्ने, चाँडो रिस उठ्ने, चिडचिड पसिना आउने, चिडचिडाहट बढ्ने जस्ता लक्षण देखा परेमा विशेषज्ञ डाक्टरको सल्लाहअनुसार अगाडि बढ्नुपर्ने बताए ।

सचेतना अभियानमा सरुवा रोगसम्बन्धी डा शेरबहादुर पुनले कुनै पनि सरुवा रोगको महामारीमा काम गर्नुपर्दा कसरी आफू सुरक्षित रहेर सेवा पु¥याउने भन्नेबारेमा जानकारी दिए । उनले कोरोनाको समयमा अग्रस्थानमा रहेर जोखिमका साथ नागरिकको सेवामा आफू निरन्तर लागिरहेको स्मरण गर्दै सरुवा रोगबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराएका थिए ।

त्यसअवसरमा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर पृथ्वीराज थापाले ३१ मे २०१७ देखि नेपालमा सुरु भएको अप्टिमिष्टका बारेमा जानकारी गराए । अप्टिमिष्टले किशोरकिशोरीमा सचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको जानकारी दिँदै उनले पोजिटिभ एजुकेशन कन्सट्रक्टिभ जर्नालिजम र अप्टिमिष्ट ऐजुकेशन फण्ड स्थापना गरी गरिब तथा जेहेन्दार बालबालिकालाई निःशुल्क शिक्षा दिने अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ११ बजे

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको