महिनावारी सचेतना अभियान सुरु « Khabarhub

महिनावारी सचेतना अभियान सुरु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ ।

सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलालाई विशेषज्ञ चिकित्सकद्वारा महिनावारीका बारेमा जानकारी दिएको हो ।

डा सुनिता पुनले रजोनिवृत्ति (मेनोपोज) महिनावारी सुक्नु अगाडि एक वर्षसम्म महिनावारी नहुनुका बारेमा धेरै महिला अन्योल र त्रासमा रहने भएकाले यसबारे पूर्ण जानकारी लिनुपर्ने बताए । उनले महिलाले आफ्नो प्रसूति स्वास्थ्यबारेमा जान्नैपर्ने विषयमा जानकारी दिँदै महिनावारी सुक्नु अगाडि उमेरअनुसार खानपान नमिल्दा अण्डाशय र पाठेघरले काम नगर्ने, हर्मोनमा कमी हुने भएकाले प्रसूति स्वास्थ्यमा चनाखो रहनुपर्नेमा जोड दिए ।

डा पुनले त्यस अवधिमा शरीरलाई तन्दुरुस्त बनाउन व्यायाम गर्नुपर्ने औँल्याउँदै समयमा निन्द्रा कम लाग्ने, चाँडो रिस उठ्ने, चिडचिड पसिना आउने, चिडचिडाहट बढ्ने जस्ता लक्षण देखा परेमा विशेषज्ञ डाक्टरको सल्लाहअनुसार अगाडि बढ्नुपर्ने बताए ।

सचेतना अभियानमा सरुवा रोगसम्बन्धी डा शेरबहादुर पुनले कुनै पनि सरुवा रोगको महामारीमा काम गर्नुपर्दा कसरी आफू सुरक्षित रहेर सेवा पु¥याउने भन्नेबारेमा जानकारी दिए । उनले कोरोनाको समयमा अग्रस्थानमा रहेर जोखिमका साथ नागरिकको सेवामा आफू निरन्तर लागिरहेको स्मरण गर्दै सरुवा रोगबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराएका थिए ।

त्यसअवसरमा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर पृथ्वीराज थापाले ३१ मे २०१७ देखि नेपालमा सुरु भएको अप्टिमिष्टका बारेमा जानकारी गराए । अप्टिमिष्टले किशोरकिशोरीमा सचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको जानकारी दिँदै उनले पोजिटिभ एजुकेशन कन्सट्रक्टिभ जर्नालिजम र अप्टिमिष्ट ऐजुकेशन फण्ड स्थापना गरी गरिब तथा जेहेन्दार बालबालिकालाई निःशुल्क शिक्षा दिने अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ११ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म