नयाँ व्यक्तिले नेतृत्व लिए देशमा परिवर्तन सम्भव छ | Khabarhub Khabarhub

नयाँ व्यक्तिले नेतृत्व लिए देशमा परिवर्तन सम्भव छ

सत्य बोल्नेलाई रविले विरोधी भन्नु हुँदैन


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

स्वागत नेपाल विभिन्न विधामा छरिएका छन्। लामो समय पत्रकारिता गरेका उनी विशेषता अधिवत्ता भनेर चिनिन्छन्। अहिले भने अभियान तथा अभियानताको रुपमा परिचित छन्। देश र समाजमा रहेका विकृति र विसंगतीमाथि गम्भीर ढंगले प्रश्न गर्छन्। देश बनाउने हुटहुटी उनमा देखिन्छ। तर नयाँ पुस्ता भनौँ तथा नयाँ राजनीति भनौँ दलमा देखिएको झिनो आशा विस्तारैविस्तारै हराउँदै गएको छ। वैकल्पिक राजनीतिमा राष्ट्रिय स्वतन्त्र पाटी जसरी उदाएको थियो। तर, अहिले त्यो पार्टी र पार्टी सभापतिका अभिव्यक्तिले बदनाम भएको छ। पार्टी सभापतिको अभिव्यक्तिले सञ्चार माध्यममाथि गम्भीर प्रश्न खडा भएको छ। यसलाई एउटा सञ्चार माध्यमलाई सुध्र्रिने एक अवसरको रुपमा पनि हेरिएको छ। पल्छिलो परिदृष्य के को संकेत हो ? यसले गर्दा नयाँ पुस्ताको जोस र जाँगर कस्तो हुन खोजिरहेको छ। यसमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र अभियानका सस्थापक अध्यक्ष स्वागत नेपालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंले समातेको बाटो हेर्दा स्वतन्त्रप्रति यत्ति धेरै किन मोह लागेको हो ?
२०४९ सालको फागुनमा हामीले स्वतन्त्र राष्ट्रिय पत्रकार अभियान भनेर गठन गरेका थियौं । यो गठन भएको ३० वर्ष अगाडि हो। म त्यसको संयोजक थिएँ। स्वतन्त्र राष्ट्रिय अभियान पत्रकार अहिले पनि अधिवक्ताको रुपमा क्रियाशील रहेको छु। जसमा पाटी अवधि संगठन धेरै पुराना इतिहास भएका अहिलेसम्म पनि रहिरहेका छन्। स्वतन्त्र राष्ट्रिय कानुन व्यावसाय अभियान गठन गरेको छ। दश वर्ष अगाडि ६२ सदस्य केन्द्रीय समिति बनाएका छौँ। जुन अहिले पनि रहेको छ। लेखक कविको स्वतन्त्र राष्ट्रिय साहित्य कला अभियान भन्ने पनि रहेको छ। गुगोल एक अभिलेखालय पनि हो। जसको माध्यमबाट धेरै कुराको ज्ञान लिएका छौँ र लिन पाइन्छ। खेलाडी महासंघ पनि रहेको छ। जसको अध्यक्ष अर्जुन गौतम हुनुहुन्छ। जसको पूर्व अध्यक्ष सिखर लिम्बु हुनुहुन्छ।

स्वतन्त्र शब्द अलि बलियो हुन नसकेको हो ?
जसले एमसीसी स्वीकार गरेका छन्। जसले सांसद खरिद बिक्री व्यावस्था नै स्वीकार गरेको छ। सांसद नै मन्त्री, प्रधानमन्त्री बनेको छ। तपाईले तिरेको कर राज्य लुटेर सिधैँ पार्टीको खातामा लिएर हाल्छ। जसले २०४८ साल देखिको गलत परम्परालाई नै अरुको भन्दा २५ प्रतिशतले बढावा दिएको छ। जसले विदेशीले दिएको खर्च विधेक नै अझै पनि कार्यान्यन गर्नुपर्छ भन्छ। त्यसका विरुद्ध स्वतन्त्र अभियान हो।

स्वतन्त्र रुपमा अभिव्यक्ति र अन्य नागरिकका अवाजमाथि किन प्रतिबन्ध लगाउने काम गर्नुभयो ?
पार्टीको नाममाथि नै प्रश्न उठाई दिनुभयो। कुनै बेला प्रश्न स्वयम्मा उत्तर भेटिन्छ। तपाईंको चिन्तामा हामी सती जान सक्दैनौँ। अरुलाई काम गरेर देखाउन सक्नुपर्छ। काम गरे देखाएर विश्वसनीयता बढाउने कुरा गर्नुपर्छ। हाम्रो देशमा जिम्मेवारी पूर्वक काम गर्न सकिन्छ। तर, त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। विश्वका देशमा विकासको गति चाँडो भएको छ। हामी एक पटक प्रधानमन्त्री भएपछि त्यही पदमा मात्र रहनु पर्ने सोचका साथ अगाडि बढेका छौँ। अरु पद भएर नरहने अवस्था छ। जसको कारणले नेपालमा विकाश हुन नसकेको जस्तो लाग्छ। नयाँ सस्कार र नयाँ व्यक्तिले नेतृत्व लिँदा मुलुकको लागि सकारात्मक परिवर्तन हुनसक्छ।

तपाईंले के देख्नु भयो ? अरु स्वतन्त्र पार्टीमा सबै स्वतन्त्र छन् ?
सुरुमा नेपालका पार्टीको नाम नै मिलेको छैन। नेपाली कांग्रेस भन्छ। त्यो अगाडिको नेपाली हटाउदा राम्रो हुन्छ। त्यो गैर नेपाली कांग्रेस हो। सबै विदेशीले भनेको मान्ने एमसीसीदेखि लिएर चुनावमा उम्मेदवारी दिएको पनि विदेशीले भनेर नै हो। नेपालमा कुनै पनि दलका सबै उम्मेदवारले जिते पनि सरकार बन्न नसक्ने खालको अवस्था छ। विदेशीको डिजाइनमा संसद तयार भएको देखिन्छ।

नामसँग भन्दा पनि कामसँग सरोकार हुन्छ होइन र ?
काम नै हेर्दा पनि हुन्छ। किन एमसीसी स्वीकार गरेको हो। नागरिकता विधेक राष्ट्रपतिले रोकेपछि सत्तोसराप गरेर विज्ञप्ति निकालेको होइन ? राजनीति शास्त्रमा यसका धेरै व्याख्या छन्। यो त चोर तन्त्र भयो। सांसदको तलब भत्ता भन्दा बढी लिएर तलब भत्ताको निहँुमा पार्टीको खातामा पैसा जम्मा भइराखेको छ। जसलाई हृवाइट कलर क्राइम भनिन्छ यसलाई कानुनी भाषामा अपराध भन्छ। देशको कुल आयको १० प्रतिशत रकम मात्र यो देशका ९० प्रतिशत श्रमजीवी मान्छेका लागि खर्च हुने गरेको छ। मुठिभरका सामन्तले ९० प्रतिशत रकम लिएको अवस्था छ। जसकारण देशको विकास हुन नसकेको हो।

जुन बेलामा पद तथा गोपनीयताको शपथ लिन्छ त्यसलाई पछिसम्म याद रहन के गर्नुपर्छ ?
विश्वका धेरै देशमा शपथ ग्रहणलाई धेरै महत्वका साथ लिएको अवस्था छ। जस्तो अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रयोग गरेको शब्द अशुद्ध भएको कारण अदालतले फेरि शपथ लिन लगाएको थियो।

राप्रपाले लिएको शपथ स्वागत योग्य छैन ?
राप्रपाले लिएको शपथ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो। भष्टाचार भएको व्यक्तिसँग घाँटी जोड्ने अनि यस्ता नारा फाल्ने काम उसले पनि नगरे हुन्छ। भ्रष्टाचार गरेको भएर जसको अन्त्य हुनु नितान्त आवस्यक छ। मुखले बालेर होइन काम गरेर पुरा गर्नु जरुरी छ। देशको कानुन सबैका लागि एक हो भन्ने भनाइमा मात्र सीमित रहेको छ। मुल समस्या जे हो त्यसको बारेमा सकारात्मक कार्यमा रहेर देश हाक्नसक्नु जरुरी छ। मिडिया भनेको मानिसमा धेरै प्रकारका रुप रहेका छन्। जसको कारण दूतावासबाट कति पैसा लियो ? त्यो नै थाहा हुँदैन। हाम्रा पत्रकार समाचार बनाउन मात्र लागेको अवस्था छ। देशमा घात भएको कुरा त्यसैले कसैले खोजेको छैन।

रविको नागरिकता र मुद्दाको विषयमा तपाईं के भन्नुहुन्छ ?
गृहमन्त्री बन्ने बित्तिकै सीडीओ किन मर्न खोजेको हो। रविको नागरिकतामा छानबिन नै गर्नुपर्ने केही छैन भनेर ढाँटने सीडीओ देखेपछि लागेको छ देश कस्ता कस्ता मान्छेले चलाएका छन् ? उसको बारेमा कुनै प्रश्न उठ्दैन। अदालत तथा आम जनतालाई ढाँटेर कार्य गर्दा त्यस्तो अवस्था सिर्जना भएको छ।

कानुनलाई मात्र जोडेर हेर्ने तथा कानुनलाई बाहिर राखेर हेर्दा बिटुलो देखिन्छ। रविको मुद्दा तपाईंलाई कस्तो लाग्छ ?
नागरिकता भनेको केही नै होइन, यो कागजको खोस्टो मात्र हो भन्ने भाषिक निर्माण गर्नमा केपी ओलीको पनि ठूलो भूमिका छ। जसले प्रधानमन्त्री हँुदा विदेशी जासुसलाई कामको विवरण बुझाए। इन्डियाको जासुसी संयन्त्र ‘र’ का प्रमुखलाई एक्लो भेटेर १२ बजे राति देशमा घात गरे। यो सरकार तथा राज्यलाई सकारात्मक तरिकाबाट अगाडि बढाउने नियतमा भएको देखिँदैन। नागरिकता भनेको केही होइन भनेर विदेशी एजेन्टले भनिरहेको अवस्था छ। नागरिकता र पासपोर्टको दुरुपयोग हुनु हुँदैन। देशले नेपाली पासपोर्टलाई समेत घृणा गरेको अवस्था रहेको छ। जुन देशको मन्त्री नै खुस्किएपछि नागरिकता लिन गएको अवस्था छ। यस्तो देशलाई कसले सम्मान गर्छ। तर, हामी यही कुरालाई बढावा दिने काम गर्दैछौँ। कानुन सबैले मान्नुपर्छ भन्ने सवालमा विवाद आवश्यक देखिँदैन।

दुरुपयोग र सदुपयागको परिभाषा कसरी गर्ने ? रविले नागरिकता नलिँदा देशलाई क्षति पुर्याउने के काम गरेका थिए ?
एक त जनतालाई धोका भएको छ। फेरि चुनाव हुनुपर्छ। त्यहा राज्यको ठूलो रकम खर्च हुन्छ। रविलाई थाहा थियो म विदेशी हो भनेर। मेरो नागरिकता छैन भनेर थाहा भए पनि उनले त्यो स्वीकार गरेनन्। एउटा सामान्य फारम भरेको भए हुन्थ्यो। तर उनले आफूलाई कानुनभन्दा माथि ठाने। यसले सामन्तको नागरिकता पनि सहज रुपमा बन्ने रहेछ भन्ने देखिएको छ। सगरमाथा आरोहण गर्ने पहिलो तेन्जिङ नोर्गो शेर्पा इन्डियाको नागरिकता लिएर मर्नु परेको थियो। कति मानिस नेपालमा नागरिकता नपाएर नै मर्नु परेको अवस्था रहेको छ। नागरिकतालाई सामान्य मान्नु हुँदैन।

रवि लामिछानेलाई फसाइयो भन्ने जमात पनि छ। तपाईं के भन्नुहुन्छ ?
रविजीले राम्रोसँग नेतृत्व गर्नुस् पछि गएर यो यो कुराले अफ्ठेरो पर्ला भनेर हामीले भनेको हो। जुन हामीले भनेको कुरा सत्य ठहरियो। तर उनले समयमा हामीले भनेको मान्नु नै भएन। उनले पत्रकार सम्मेलनमा आफूलाई थाहा नभएको कुरा बताए। यो त उनको बलमिच्याईं हो। देशमा हामीले कस्तो नेतृत्व निर्माण गर्न खोजेका छौँ। झुटा प्रशंसाले तपाईं भगवान हो। भगवानको नागरिकता नै चाहिदैन भनेर अन्तिममा फसाए। सत्य कुरा जहिले पनि तीतो हुन्छ भन्ने कुरा रविको जीवनबाट बुझन् सकिन्छ। सत्य कुरा बोल्दा विरोध गरेछ भनेर नठान्नुहोस् त्यही भन्न चाहन्छु। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४२ बजे

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ