सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो ।

प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको हो । रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो ।

तर, प्रदेशसभा सचिवालयले सूचना जारी  बैठक स्थगित गरिएको जानकारी दिएको हो । मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले  मत दिने वा नदिने भन्ने बारेमा प्रस्ट धारणा दिएको छैन । नागरिक उन्मुक्तिसँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाडौँमै छन् ।

नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गरेको हो । मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बिहीबारसम्म विश्वासको मत पाउन नसकेको स्थितिमा प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ३४ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी