साथीको नाममा फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ « Khabarhub

साथीको नाममा फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवती पक्राउ परेकी छिन् । फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका ४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय कारोबार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्