प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : लुम्बिनी प्रहरी प्रमुख राई « Khabarhub

प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : लुम्बिनी प्रहरी प्रमुख राई


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका प्रहरी प्रमुख टेकप्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् ।

हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिने बताए ।

शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता हुँदा जो कोही पनि प्रहरीको सेवा लिन असमर्थ रहेको भन्दै उनले यसको व्यवस्थापन गरिने बताए ।

‘प्रहरी २४ घण्टै सेवामा हुन्छ, निःशुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह हुने’ उनले भने । समयमै प्राप्त हुने सूचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुँदा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउदै डिआइजी राईले अपराधीलाई संरक्षण नगरी प्रहरीलाई सूचना दिएर सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश र भारतसँग करिब ३८५ किलोमिटर खुला सीमा भएकोले सिमाना सुरक्षाका लागि ठूलो चुनौती रहेपनि भएको जनशक्ति र स्रोत साधनका बाबजुद तस्करी र अपराध नियन्त्रण प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ०५ बजे

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, वर्षाको जोखिम बढेपछि ट्राभल अलर्ट जारीर, कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको