पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम | Khabarhub Khabarhub

पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको अल्टिमेटम दिएको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण शहर कुरुप भएको भन्दै तार हटाउने पहल थालेको हो ।

नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको पोलमा टांगिएका तारहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेर सात दिनको अल्टिमेटम दिएको छ ।

पोलमा यत्रतत्र टांगिएका इन्टरनेट, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

पोलमा सम्बन्धित् कार्यालयले वर्षौदेखि यत्रतत्र तार टाँग्दै आएको, तर व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ४० बजे

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा