अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य | Khabarhub Khabarhub

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।

यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कसले गर्ने र बत्तीको महसुल कसले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन । केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो ।

बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ ।

लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमल पोखरी र चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन् ।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ । कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ४६ बजे

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

काठमाडौं– निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा

संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध

गाजा- गाजाक्षेत्रस्थित विद्रोही संगठन हमासले इजरायलसँगको युद्धविराम सम्झौता जुनसुकै बेला

ट्रम्प र पुटिन युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने

एजेनसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक

रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत

वासिंगटन डिसी- सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा

एचपीभी खोप अभियान उत्साहजनक, चिकित्सक भन्छन्– विश्वसनीयतामा शङ्का नगरौँ

काठमाडौं – यतिखेर नेपालमा १० देखि १४ वर्ष मुनिका किशोरीहरूलाई