एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ : महामन्त्री थापा « Khabarhub

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ : महामन्त्री थापा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् ।

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए त्यस्तो राष्ट्रपति कठपुतली हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।

उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच वर्षका लागि भनेर गएका दलले प्रधानमन्त्रीको बाहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामु क्षमा माग्नुपर्ने धारणा राखे ।

उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र बाहिरिनुको जवाफ दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरिन् । उनले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखिन् ।

झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने पनि बताइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ३५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा