संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त थपलिया « Khabarhub

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त थपलिया


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिए ।

उनले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : ४४ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी