गृहजिल्ला भोजपुरको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी कुलुङ गाउँ पुगिन् « Khabarhub

गृहजिल्ला भोजपुरको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी कुलुङ गाउँ पुगिन्


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज गृहजिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ पुगेकी छिन् ।

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी भोजपुर पुगेकी हुन् ।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्ने कार्यक्रम छ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा राष्ट्रपतिले पूजाअर्चना गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्नेछिन् । विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता थिइन् ।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण गर्नाका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगरप्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : ४९ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी