कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित « Khabarhub

कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।

समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्य विभाजन, राष्ट्रपति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।

कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।

सोही कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन् ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : १४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।