कांग्रेसलाई प्रतिपक्षीको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी « Khabarhub

कांग्रेसलाई प्रतिपक्षीको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुविधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : १७ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन