अवैध संरचना हटाउन मुगुको छायाँनाथ रारा नगरपालिकाले थाल्याे रेखांकन | Khabarhub Khabarhub

अवैध संरचना हटाउन मुगुको छायाँनाथ रारा नगरपालिकाले थाल्याे रेखांकन


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगुको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ । बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखा‌ंकन गर्ने कार्य गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म हुनेछ ।

गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भर्‍याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन जारी गरेको सार्वजनिक सूचना अवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेको लागेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

रेखांकन कार्य सकिएपछि सार्वजानिक रुपमा निर्माण भएका टहरा हटाइने उनको भनाइ छ । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो ।

तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको थिएन । सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका छन् ।

सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भर्‍याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका लागिपरेको छ । जथाभावी रुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : १५ बजे

बाढी पीडितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर

भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सप्तरी– सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ।