अवैध संरचना हटाउन मुगुको छायाँनाथ रारा नगरपालिकाले थाल्याे रेखांकन « Khabarhub

अवैध संरचना हटाउन मुगुको छायाँनाथ रारा नगरपालिकाले थाल्याे रेखांकन


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगुको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ । बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखा‌ंकन गर्ने कार्य गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म हुनेछ ।

गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भर्‍याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन जारी गरेको सार्वजनिक सूचना अवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेको लागेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

रेखांकन कार्य सकिएपछि सार्वजानिक रुपमा निर्माण भएका टहरा हटाइने उनको भनाइ छ । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो ।

तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको थिएन । सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका छन् ।

सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भर्‍याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका लागिपरेको छ । जथाभावी रुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्