स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन « Khabarhub

स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताएकी छिन् ।

आज यहाँ प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा सञ्चालित ‘अमृत कोष’ (ह्युमन मिल्क बैंक) को निरीक्षण गर्ने क्रममा आयुक्त उर्पिलाइनेनले पोषण र स्वास्थ्यका कार्यक्रमलाई निरन्तर सहयोग प्रदान गर्ने बताएकी हुन् । उनले भनिन्, “युरोपेली युनियनले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनअन्तर्गत स्तनपानलाई प्रोत्साहन गर्दै आएको छ । यस अस्पतालले पोषण र स्वास्थ्यमा सुरु गरेको काम प्रशंसनीय छ ।”

उनले स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालनका लागि आयोगले नेपालसँग दशकौँसम्म सहयोग र सहकार्य गर्ने बताइन् । गत भदौ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अमृत कोषको उद्घाटन गरेकी थिइन् । कोषले सुत्केरी आमाबाट सुरक्षितरूपमा दान गरिएको दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गर्ने गरेको छ । कोषले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आमाको दूध उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव सङ्गिता कौशल मिश्राले दूध बैंकको सञ्चालन र विस्तारले भर्खरै जन्मेका शिशुको मृत्युदर घटाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, “स्तनपान हरेक शिशुको अधिकार हो । बिरामी शिशु र बालबालिकाका लागि दूध बैंकले निकै सहयोग गरेको छ । यस सेवालाई विस्तार गर्न आवश्यक छ ।”

अस्पतालका निर्देशक डा पवनजङ्ग रायमाझीले कोषले धेरै आमा र शिशुको स्वास्थ्यमा योगदान पुर्‍याएको भन्दै आभार व्यक्त गरे । उनले भने, “अमृत कोषले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नमा योगदान पुर्‍याइरहेको छ । युरोपेली आयोगको आर्थिक र प्राविधिक सहयोगप्रति आभारी छौँ ।”

उनले सङ्कलन केन्द्र बढाउन सके धेरै आमाहरूले दूध दान गर्ने सक्ने बताए । “अस्पतालभित्र माग हुने दूधको ४० प्रतिशतमात्र उपलब्ध हुँदै आएको छ । पोस्ट नेटल वार्ड परिसरमा सङ्कलन केन्द्र थप्न सके दाताबाट अझ धेरै दूधको सङ्कलन बढ्न सक्ने विश्वास गरेका छौँ”, उनले भने ।

नेपाल सरकार, युरोपेली युनियन र युनिसेफको साझेदारीमा स्थापना भएको कोषले सञ्चालनमा आएको पाँच महिनाको अवधिमा तीन सय आमाबाट एक सय ७४ लिटर दूध सङ्कलन गरेको छ । अस्पतालमा वार्षिक २४ हजारको सङ्ख्यामा शिशुको जन्म हुने गरेको छ । कम तौल भएका शिशुको जन्म १२ प्रतिशतसम्म रहेको निर्देशक डा रायमाझीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : १५ बजे

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन