स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन « Khabarhub

स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताएकी छिन् ।

आज यहाँ प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा सञ्चालित ‘अमृत कोष’ (ह्युमन मिल्क बैंक) को निरीक्षण गर्ने क्रममा आयुक्त उर्पिलाइनेनले पोषण र स्वास्थ्यका कार्यक्रमलाई निरन्तर सहयोग प्रदान गर्ने बताएकी हुन् । उनले भनिन्, “युरोपेली युनियनले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनअन्तर्गत स्तनपानलाई प्रोत्साहन गर्दै आएको छ । यस अस्पतालले पोषण र स्वास्थ्यमा सुरु गरेको काम प्रशंसनीय छ ।”

उनले स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालनका लागि आयोगले नेपालसँग दशकौँसम्म सहयोग र सहकार्य गर्ने बताइन् । गत भदौ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अमृत कोषको उद्घाटन गरेकी थिइन् । कोषले सुत्केरी आमाबाट सुरक्षितरूपमा दान गरिएको दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गर्ने गरेको छ । कोषले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आमाको दूध उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव सङ्गिता कौशल मिश्राले दूध बैंकको सञ्चालन र विस्तारले भर्खरै जन्मेका शिशुको मृत्युदर घटाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, “स्तनपान हरेक शिशुको अधिकार हो । बिरामी शिशु र बालबालिकाका लागि दूध बैंकले निकै सहयोग गरेको छ । यस सेवालाई विस्तार गर्न आवश्यक छ ।”

अस्पतालका निर्देशक डा पवनजङ्ग रायमाझीले कोषले धेरै आमा र शिशुको स्वास्थ्यमा योगदान पुर्‍याएको भन्दै आभार व्यक्त गरे । उनले भने, “अमृत कोषले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नमा योगदान पुर्‍याइरहेको छ । युरोपेली आयोगको आर्थिक र प्राविधिक सहयोगप्रति आभारी छौँ ।”

उनले सङ्कलन केन्द्र बढाउन सके धेरै आमाहरूले दूध दान गर्ने सक्ने बताए । “अस्पतालभित्र माग हुने दूधको ४० प्रतिशतमात्र उपलब्ध हुँदै आएको छ । पोस्ट नेटल वार्ड परिसरमा सङ्कलन केन्द्र थप्न सके दाताबाट अझ धेरै दूधको सङ्कलन बढ्न सक्ने विश्वास गरेका छौँ”, उनले भने ।

नेपाल सरकार, युरोपेली युनियन र युनिसेफको साझेदारीमा स्थापना भएको कोषले सञ्चालनमा आएको पाँच महिनाको अवधिमा तीन सय आमाबाट एक सय ७४ लिटर दूध सङ्कलन गरेको छ । अस्पतालमा वार्षिक २४ हजारको सङ्ख्यामा शिशुको जन्म हुने गरेको छ । कम तौल भएका शिशुको जन्म १२ प्रतिशतसम्म रहेको निर्देशक डा रायमाझीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : १५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ