अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी « Khabarhub

अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन्। लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन्। यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ। अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो। अदालतले पटक पटक तारीख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन्। अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ।

अब मुद्धाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ। यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ। राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन्। त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो। तर सुटिङ भएन। त्यहीबेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए।

अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन्। तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन्।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ५० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या