‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स « Khabarhub

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । सिडी विजय अधिकारीको शब्द , संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।  प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा मोडल विकाश चौहान र पुनम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय  विकाश र पुनम  मार्फत देखाएको छ । उत्सव दाहालको छायांकन  तथा  विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ४० बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत