‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स « Khabarhub

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । सिडी विजय अधिकारीको शब्द , संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।  प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा मोडल विकाश चौहान र पुनम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय  विकाश र पुनम  मार्फत देखाएको छ । उत्सव दाहालको छायांकन  तथा  विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ४० बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको