ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो « Khabarhub

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो ।

जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।’ यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा योजनाबमोजिमू आफ्ना लडाकु विमानहरू प्रयोग गर्नेछ । यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएको छ ।

ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टी गरेको छ । ताईवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए ।

ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लो सदनका अध्यक्षले भेटको यो पहिलो पटक हो। जुन भेटघाटलाइ लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सिमामा सैन्य अभ्यास गरेको हो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १२ : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल