ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु  « Khabarhub

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु 


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिए । परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख विनियोजन गरेको थियो । उनले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको भन्दै अब यहाँका सम्भावनाको खोजी र प्रवर्द्धनमा लाग्ने बताए ।

ब्लू स्काई प्याराग्लाइडिङ प्रालि पोखराले परीक्षण उडान थालेको उपप्रमुख कायतको भनाइ छ । परीक्षणपछि प्याराग्लाइडिङ प्रालीले प्रतिवेदन नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाउनेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान गरेर तल्लोचौरमा सफल अवतरण भएको थियो ।

उपप्रमुख कायतले भने, ‘नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने बेलामै प्याराग्लाइडिङ परीक्षण उडान गर्ने भनी बजेट बनाएको थियो, अहिले दुई दिने परीक्षण उडान गर्न लागिएको हो, अहिलेसम्म सफल उडान भएको छ, उडान सफल नै हुन्छ भन्ने लागेको छ, नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यहाँ नियमित उडान गर्नेछौँ ।’

प्याराग्लाइडिङ नियमति सञ्चालन हुन थाल्यो भने ढोरपाटन क्षेत्रको मुहार बदलिने र यहाँका स्थानीयको जनजीवनमा परिवर्तन आउने उपप्रमुख कायतको भनाइ छ । अहिले ढोरपाटन पुग्ने सडक अप्ठ्यारो हुँदा समस्या भएको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजनलाई तत्काल सडक निर्माण गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १ : ५७ बजे

रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी

दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट

बजेटमा शिक्षा : पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था