ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु  « Khabarhub

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु 


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिए । परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख विनियोजन गरेको थियो । उनले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको भन्दै अब यहाँका सम्भावनाको खोजी र प्रवर्द्धनमा लाग्ने बताए ।

ब्लू स्काई प्याराग्लाइडिङ प्रालि पोखराले परीक्षण उडान थालेको उपप्रमुख कायतको भनाइ छ । परीक्षणपछि प्याराग्लाइडिङ प्रालीले प्रतिवेदन नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाउनेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान गरेर तल्लोचौरमा सफल अवतरण भएको थियो ।

उपप्रमुख कायतले भने, ‘नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने बेलामै प्याराग्लाइडिङ परीक्षण उडान गर्ने भनी बजेट बनाएको थियो, अहिले दुई दिने परीक्षण उडान गर्न लागिएको हो, अहिलेसम्म सफल उडान भएको छ, उडान सफल नै हुन्छ भन्ने लागेको छ, नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यहाँ नियमित उडान गर्नेछौँ ।’

प्याराग्लाइडिङ नियमति सञ्चालन हुन थाल्यो भने ढोरपाटन क्षेत्रको मुहार बदलिने र यहाँका स्थानीयको जनजीवनमा परिवर्तन आउने उपप्रमुख कायतको भनाइ छ । अहिले ढोरपाटन पुग्ने सडक अप्ठ्यारो हुँदा समस्या भएको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजनलाई तत्काल सडक निर्माण गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १ : ५७ बजे

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल