पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर « Khabarhub

पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । 

घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुगे। उनले भने, ‘बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौँ ।’ 

तुलसीपुर-१७ की अनिता शर्मा पनि पहिलो पटक बङ्गलाचुली घुम्न आए। उनले भने, ‘यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ ।’ भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउँछन्।  

बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्फत आर्थिक वर्ष २०७६-७७ मा  ५० लाख र आव २०७७-७८ मा  २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ । 

बङ्गलाचुली उद्यान र भ्युटावरलाई  व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । ‘सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्’, उनले भने। 

स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउँछन्। बङ्गलाचुली लेकबाट  कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ । 

दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्