'लायन्स क्लब’ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख | Khabarhub Khabarhub

‘लायन्स क्लब’ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । ‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को आज प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए। 

उनले भने, ‘विसं २०७२ को भूकम्पमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालमार्फत ४५ करोडभन्दा बढी लगानी गरी विभिन्न भवन निर्माण, विद्यार्थीको पठनपाठनमा सहजीकरण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान भएको छ ।’ लायन्सले त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा आधुनिक ‘टियु लाइन्स ब्लड बैंक’ स्थापना गर्ने नेतृत्व लिएकामा सम्बन्धित निकायले पहल गरी छिट्टै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । 

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले विश्वमा सात सय ४३ भन्दाबढी डिस्ट्रिक्टमा पहिलो डिस्ट्रिक्ट गर्भनर घोषित भएसँगै जिम्मेवारीलाई आत्मसात् गरेकाले क्लबका कमीकमजोरी पहिचान गरी विश्वमै अब्बलरुपमा स्थापित हुन पहल गर्ने बताए । 

‘लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि तीन सय २५ एमको नारा सहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको छ । विस्तारसँगै विकासमा पनि जानुपर्छ’, उनले भने ।  

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले मानवीय संवेदनशीलतालाई कायम गर्ने क्लबको भावना, मर्मअनुसार विस्तार गर्न जरुरी रहेको बताए। ‘क्लब ‘वी सर्भ’ भन्ने अभियानका साथ अगाडि बढेको स्वयंसेवी संस्था हो । आफ्नो उद्देश्यअनुसार काम गरिरहेको छ । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने चरितार्थलाई पूरा गरेको छ’, उनले भने । 

लायन्स क्लब काठमाडौँको विशेष सक्रियतामा सञ्चालित कार्यक्रममा २०२३-२४ का उम्मेदवारमा डिस्ट्रिक्ट गर्भनरमा भीमलाल पौड्याल, फस्ट भाइस डिलिस्ट्रक्ट गर्भनरमा चण्डीप्रसाद अर्याल र सेकेण्ड भाइस डिस्ट्रिक्ट गर्भनरमा धनिराम बराललाई ‘यस भोट’ दिएर अधिवेशन सम्पन्न गरिएको छ । लायन्सले रक्तदान, विद्यालयका स्टेशनरी, ब्याग तथा डे«स वितरण, वृद्धाश्रम तथा बालगृहमा काम गर्दै आइरहेको छ । 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : ५८ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु