अभिरुची बचत तथा ऋण सहकारीद्वारा भीम अस्पताललाई स्टिल सोफा प्रदान « Khabarhub

अभिरुची बचत तथा ऋण सहकारीद्वारा भीम अस्पताललाई स्टिल सोफा प्रदान


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भीम अस्पताललाई अभिरुची बचत तथा ऋण सहकारी संस्थाले स्टिल सोफा प्रदान गरेको छ । संस्थाले १३औं वार्षिक स्थापना दिवस तथा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अस्पतालमा रहेको बिरामीलाई फलफूल वितरणसहित दुई थान स्टिल सोफा प्रदान गरेको हो । 

आर्थिक तथा वित्तिय कारोबार गर्दै आएको संस्थाले समुदाय स्तरमा पनि संस्थाको अपनत्त्व लिन सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यले भीम अस्पताललाई आवश्यक स्टिल सोफा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए ।

सरकारी अस्पतालको चासो सामुदायिक संस्थाले पनि गर्ने रहेछन् भन्ने सन्देश दिन यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेका यस अस्पतालमा बिरामी र कुरुवाको सहजताका लागि अस्पतालकै समन्वयमा स्टिल सोफा प्रदान गरिएको हो । दिवसकै अवसर पारेर अस्पतालमा उपचारर्थ बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको हो ।

 सो अवसरमा बोल्दै भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले यस क्षेत्रका संस्थाहरूबाट निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग हुँदै आएकोले अस्पतालको गुणस्तर र सेवा प्रवाहमा सहजता भएको बताए ।

अस्पतालको स्रोत साधन कम भए पनि अस्पताललाई गुणस्तरीय बनाउन संस्थाहरूको ठूलो सहयोग हुँदै आएको बताउँदै कोभिड पछि सरकारी अस्पताल राम्रो हुनु पर्छ भने अभियान चलेपछि सहयोग आउने क्रम पनि बढ्दो र निरन्तर रहेको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : २५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै