कर्णालीमा प्रशासनिक र वित्तीय सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णालीमा प्रशासनिक र वित्तीय सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताएका छन् ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जान नसकेको बताए। उनले कर्मचारी, बैंक र वित्तीय संस्थामा आज पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाए ।

मुख्यमन्त्री शर्माले भने, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारीअनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि सङ्घरसङ्गठनलाई परिचालन गर्नु अहिलेको आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उनले राजनीतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यतिकै भूमिका रहेको व्यक्त गरे । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानुन कर्णालीवासीको अपनत्व हुने स्पष्ट पारे ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ०६ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने