जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारी अभ्यास | Khabarhub Khabarhub

जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारी अभ्यास


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्धारका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले राष्ट्रिय समाज कल्याण सङ्घ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्धार नमूना अभ्यास प्रदर्शन गरेको हो । सीमा सुरक्षा गुल्म देवीस्थानको तालिमप्राप्त टोलीले विपद्का बेला घर वरपरिका सरसामान प्रयोग गरेर पनि बाढीबाट बच्न सक्ने जनाउँदै जोगबुढा नदीमा नमूना अभ्याससमेत प्रदर्शन गरेको हो । बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिमप्राप्त टोलीद्वारा नमूना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका कार्यक्रम संयोजक साजकुमार सुनारले बाढीको जोखिम रहेको समुदायमा पूर्वतयारी र बाढीबाट बच्ने उपायका बारेमा नमूना अभ्यास गरी स्थानीयलाई जानकारी दिएको बताए । “बाढी आइहाले पनि सुरक्षित स्थानमा कसरी जाने, आवश्यक सामग्री कसरी जोगाउने भन्ने विषयमा सशस्त्र प्रहरीको तामिमप्राप्त टोलीद्वारा नदीमा अभ्यास गरेर देखाइएको हो ।” उनले भने, “यसले जोखिमयुक्त क्षेत्रका नागरिलाई सहयोग पुग्नेछ ।” उनले भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा नमूना अभ्यास गराउन लागेको बताए ।

दोधारा चाँदनी नगरपािलकाका प्रमुख किशोर लिम्बूले बाढीबाट बच्नका लागि सशस्त्र प्रहरीले प्रदर्शनबाट स्थानीयले पनि सिक्ने अवसर पाएको बताए । “नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो”, उनले भने, “यसले विपद्का बेला आफू कसरी बच्न सकिन्छ भन्ने जानकारी पाएका छन् ।”

दोधारा चाँदनी नगरपालिका–९ का स्थानीय आकृति कसेराले प्रयोगात्मकरूपमा देखाइएको अभ्यासले थुप्रै कुरा जानकारी पाएको बताए । “हामीले हामै्र घरवरपर रहेका खाली बोतल, केराको खम्बालगायतका वस्तुबाट पनि नदी तर्न सकिने कुरा थाहा पायौँ”, उनले भने, “उद्धारका लागि स्टेचर बनाउनेदेखि सबै कुरा थाहा पाएका छौँ ।” तीनतर्फ जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरिएको दोधारा चाँदनी बाढीको उच्च जोखिममा पर्छ । यसरी गरिने कृत्रिम पूर्वाभ्यासले खोज तथा उद्धार, प्राथमिक उपचार, र आपत्कालीन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्ने भएकाले यस्ता कार्यक्रम समुदायसम्म गर्नुुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : २३ बजे

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको

उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट

‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा

काठमाडौं – बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न

निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको