आगलागीबाट दश लाखको धनमाल क्षति | Khabarhub Khabarhub

आगलागीबाट दश लाखको धनमाल क्षति


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महोत्तरीको सोनमा–१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

आगलागीबाट तीनवटै घरमा राखिएको अन्नपात, खाना पकाउने ग्यास सिलिन्डर, लत्ताकपडालगायतका धनमाल नोक्सान भएको छ । आगलागीको लप्काले घर नजिकैको परालको कुन्यू भेट्टाउँदा बतासले चाँडै आगो फैलिएको थियो । आगो स्थानीय समुदाय, प्रहरी र सम्सीको बारुणयन्त्रबाट एक घण्टाको प्रयत्नले नियन्त्रण भएको प्रहरीले जनाएको छ ।

आगलागी भएका बखत घरका सबै परिवार काममा खेतबारी गएका थिए । जिल्लाको सुदूरपश्चिम–दक्षिणी भेगमा पर्ने यो बस्ती सदरमुकाम जलेश्वरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । चैत–वैशाख मधेसमा आगलागीका घटना बाक्लै हुने मौसम मानिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ४६ बजे

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका