राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु « Khabarhub

राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ-  मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए।

लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । बुद्धिचाल खेल विद्यालयस्तरमा समेत समावेश गर्नुपर्ने उनको भनाइ छ ।

पथरी शनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभाले मापन हुने बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रियस्तरको खेलाडीका रूपमा स्थापित हुन शुभकामना दिए ।

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा देशभरका एक सय ५० प्रतियोगी छन् । प्रतियोगितामा ३२ विधामा रु पाँच हजारदेखि ५१ हजारसम्म पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा चाँदीको घोडा विजेता चेस खेलाडी रत्नबहादुर राईलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । राईलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुम्बापो र विशिष्ट अतिथि बुद्धिचाल महासङ्घका महासचिव लामाले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : २० बजे

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल