राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु « Khabarhub

राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ-  मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए।

लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । बुद्धिचाल खेल विद्यालयस्तरमा समेत समावेश गर्नुपर्ने उनको भनाइ छ ।

पथरी शनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभाले मापन हुने बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रियस्तरको खेलाडीका रूपमा स्थापित हुन शुभकामना दिए ।

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा देशभरका एक सय ५० प्रतियोगी छन् । प्रतियोगितामा ३२ विधामा रु पाँच हजारदेखि ५१ हजारसम्म पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा चाँदीको घोडा विजेता चेस खेलाडी रत्नबहादुर राईलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । राईलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुम्बापो र विशिष्ट अतिथि बुद्धिचाल महासङ्घका महासचिव लामाले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : २० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा