चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह « Khabarhub

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमााडौँ – नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।

उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरूको सप्रमाण खण्डन गर्नुपर्नेमा व्यवसायीको जोड छ ।

‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक सङ्घद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तक्र्रियामा नेपाली व्यवसायीले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्यदूत पौडेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उनले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पारे । उनले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत चिया व्यवसायीलाई सुझाव दिए । “अब भारत बाहिर पनि बजार खोज्नुपर्छ”, उनले भने, “दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्नसक्छ ।”

चिया उत्पादक तथा व्यवसायीले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जिटुजी तहबाट पहल आवश्यक रहेको बताएका थिए । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताए।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ३३ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने