पेरुको सुनखानीमा आगलागी हुँदा २७ जनाको को मृत्यु « Khabarhub

पेरुको सुनखानीमा आगलागी हुँदा २७ जनाको को मृत्यु


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पेरु– पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अवस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु भएको हो ।

प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा विद्युतीय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।
सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।  

प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ०३ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको