किसानको बाली जोगाउन ‘बाँदर उद्यान’ « Khabarhub

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बलेवा– जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । 

बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए । 

भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए। उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतंक रोक्नुपर्ने धारणा राखेका थिए ।

उनीहरुले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गरेका थिए । ‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएको छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन’, स्थानीय दुर्गाबहादुर थापाले भने , ‘जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।’ हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए । 

वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो । 

त्यसका लागि धेरै बजेट लाग्ने अनुमान छ । नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डिपिआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरूपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको जनप्रतिनिधिले बताए । ‘बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ’, उपप्रमुख हरिहर शर्माले भने , ‘दिनदिनै बसाइ जाने अवस्था भएमा गाउँमा बिकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्’, खेतबारी बाँझो भएको र आयातको भरमा बाँच्नुपर्दा नगरपालिका दिनदिनै गरिब बनेको उनको गुनासो थियो । 

नगर प्रमुख नरबहादुर पुनले त बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे। उनले बाँदरबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाए । त्यसका लागि सबै स्थानमा पहल गर्नुपर्ने उहाँको जोड थियो । राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजस्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अवस्था आउने उनले बताए । 

कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । करिडोर कालोपत्रे भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने स्थानीयको मत छ । पालिकाले लगानी गरेर स्तरीय सडक बनाउने र संरक्षणको अभियानबारे प्रचार गर्दा तराई झरेका स्थानीय र उनीहरुको सङ्गतबाट गर्मी छल्न आउने पर्यटक प्रसस्त हुने अनुमान छ । 

यहाँ हरेक वर्ष जेठमा मेलासमेत लाग्छ । भलिबललगायतको खेलमा धेरै टिमले भाग लिन्छन् । यहा धार्मिक रुपमा मठमन्दिर पनि छन् । हाँडीकोटबाट पनि यो स्थान देखिन्छ । त्यसैले पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्दा पुरानो गाउँको महत्व बढाएर नगरको आम्दानीको स्रोतसमेत बनाउन सकिने बताइएको छ । नगरपालिकाले आगामी वर्ष बजेट र कार्यक्रममार्फत पुनारो गाउँको सम्बोधन गर्ने जनप्रतिनिधिले बताउनुभयो । पुरानो गाउँ राष्ट्रिय वन क्षेत्र हो । यहाँ स्थानीयले उपभोग गर्दै आएका चार सामुदायिक वनसमेत जोडिएका छन् ।  

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ५४ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४