भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

दिल्ली- भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा दुर्घटना भएको हो । भारतको राजस्थान राज्यस्थित सुरतगढ नजिक लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।

हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् ।

घाइते तीन जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ५४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा