नौ महिनाको ‘भूमिगत’ जीवनपछि साकारको कमब्याक « Khabarhub

नौ महिनाको ‘भूमिगत’ जीवनपछि साकारको कमब्याक


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् ।

युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ ।

उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरको बारे औपचारिक जानकारी दिएको छ ।

विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछन् । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।

पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् ।

साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : १८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा