नौ महिनाको ‘भूमिगत’ जीवनपछि साकारको कमब्याक « Khabarhub

नौ महिनाको ‘भूमिगत’ जीवनपछि साकारको कमब्याक


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् ।

युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ ।

उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरको बारे औपचारिक जानकारी दिएको छ ।

विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछन् । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।

पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् ।

साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : १८ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको