कपिलवस्तुमा ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

कपिलवस्तुमा ठगी गरेको आरोपमा दुई जना पक्राउ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिलवस्तुमा जग्गा बिक्रीको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।

चौधरी कानून तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन् । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।

जग्गाधनी यादवलाई जानकारी नै नदिएर कृष्णनगर बस्ने रेखा लोहारसँग उनीहरूले चार लाख रुपैयाँमा जग्गा कारोबार गरेका थिए ।

मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए ।

चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन घलेले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका