भारतमा डुङ्गा डुब्दा २२ जनाको मृत्यु « Khabarhub

भारतमा डुङ्गा डुब्दा २२ जनाको मृत्यु


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।

दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।

स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

पति र छोरीसँगै डुङ्गामा रहेकी रजिसाले डुङ्गामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुङ्गाबाट धुवाँ निस्केको बताइन् ।

डुङ्गामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भनिन्, “हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौं ।”

उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुङ्गाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताइन् ।

उनले ओन्मानोरलाई दिएको जानकारीमा भनिन्, “डुङ्गा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुङ्गा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुङ्गाबाट मानिस पानीमा खसे ।

उनले घटनाबारे थप व्याख्या गर्दै भनिन्, “म मेरो बच्चाको अगाडि लडेँ र पानीमा डुबेँ । डुङ्गा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो । डुङ्गामा अधिकांश बालबालिका थिए ।”

एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षकबलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेराप्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।

राज्यको विपक्षी काङ्ग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतीसनले दुर्घटना हेलचेक्र्याईँका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् ।

केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन् ।

डुङ्गामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : १४ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी