दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला « Khabarhub

दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने ।

हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो ।

डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : २५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा