युवा विदेश पठाउने होइन, देशमै रोजगार बनाउनुपर्छ « Khabarhub

युवा विदेश पठाउने होइन, देशमै रोजगार बनाउनुपर्छ



काठमाडौँ – नेपालमा हस्तकलाको इतिहास अहिलेको मात्र होइन। साँच्चै हेर्ने हो भने चन्द्रगुप्त मौर्यदेखि कौटिल्यको अर्थशास्त्रमा पनि राडीपाखीदेखिको हाम्रो इतिहास छ। नेपालबाट नै राडिपाखी, कम्मल लैजाने गरिएको इतिहास छ।

अहिले पनि नेपाली हस्तकलाको उत्पादन विदेशमा अक्सनमा मिलियन डलरमा बिक्छ। त्यो भइरहेको अवस्थामा शिक्षामा सीप भन्ने विषयमा काठमाडौं महानगरले कार्यक्रम ल्याएको छ।सन् २००६ देखि अहिलेसम्म मैले व्यक्तिगत संस्था चलाएर १२ सय जना युवालाई हस्तकलामा तालिम दिएको छु।

यस शिक्षामा सीप कार्यक्रममा स्क्लप्चर, पेन्टिङ मात्र हैन थाङ्काचित्र, पौवाचित्र, काष्ठकला सबै विषय राखेर अघि बढ्नुपर्छ जस्तो लाग्छ। यस्ता कोर्सलाई नेपालीले हेर्दै हेरेका छैनन्। यहाँ हाडवर्ड र अक्सफोर्डका विद्वान आएर अध्ययन गर्छन्। यसमा हामी चुकिरहेको छौँ। हाम्रो अहिलेको अवस्थामा विद्यार्थीलाई के बन्नुहुन्छ भन्दा पहिला कहाँ जनुहुन्छ भनेर सोध्छौँ। त्यसले नै ट्रेन्ड बिगार्यो भन्छु, म।

लगभग अहिले हस्तकला कृषिपछि दोस्रो स्थानमा छ। अब म त्यसमा ट्रेनरको रूपमा लागेर हस्तकलाको एउटा कलेज नै बनिसक्यो। म नेपाल हस्तकला महासंघको अध्यक्ष भइसकेपछि अबको अवस्थामा विश्वविद्यालय बनाउने भनेर लागिरहेका छौँ। किनभने यसमा धेरै क्षेत्र छन्।

खानामा पनि छ, तराईमा, काठमाडौंमा, हिमालमा फरक खाना छ। त्यसैले यो १० वटा विषयले पुग्ने हैन। विदेशी खोजेर पढ्न आउँछन्। तर हामीले चिन्न सकेका छैनौं। त्यो विषयलाई काठमाडौं महानगरपालिकाले जोडेमा चाहिँ हाम्रो डिजाइन सेक्टर भन्ने क्षेत्र छ। त्यसमा हामीले डिजाइनको हिसाबले गर्ने धेरै कामहरू छन् त्यसको पनि प्रयोग गर्न सक्छौँ।

यसको लागि सबैभन्दा पहिला आफ्नो कामको महत्त्व आफैँले बुझ्नुपर्यो। र छोराछोरीलाई पनि बुझाउनुपर्छ, तबमात्र त्यसको महत्त्व झल्किन्छ। अझै पनि ढिलो भएको छैन। यसरी जाने हो भने हामीले युवालाई विदेशमा पठाउने हैन यहीँ रोजगार बनाउन सक्छौं।

(काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ५७ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७