दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु « Khabarhub

दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो । 

देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो । 

दादुरारुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ । 

मन्त्रलायले यसअघि खोप लगाएको भए पनि अभियानका क्रममा बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा लैजान अभिभावलाई आग्रह गरेको छ । 

यसअघि नेपालमा १३ जिल्लामा दादुरारुवेला रोगको संक्रमण देखिएको थियो । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ५९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर