रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान  « Khabarhub

रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान 


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ।

नयाँ दिल्लीबाट मंगलबार सान फ्रान्सिस्कोका लागि उडेको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि रुसमा आकस्मिक अवतरण गरिएको थियो।

सो विमानको सट्टा अर्को विमानमार्फत  २ सय ३२ जना यात्रु सान फ्रान्सिस्को प्रस्थान गरेका हुन्। तीन दिन पछि वैकल्पिक उडानमार्फत अमेरिका पठाइएको हो।

दुई सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले रुसको मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो।

जहाँ यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। यात्रुहरूलाई खाना बस्न र भाषाका समस्याका कारण अनेक चुनौतीको सामना गर्नु परेको थियो।

अमेरिकी विदेश मन्त्रालयले रुसमा आकस्मिक अवतरण भएको विमानमा ५० भन्दा कम अमेरिकी नागरिक रहेको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले एयर इन्डियाको बदली विमान रुसबाट अमेरिका आउँदै गरेको छ भन्ने जानकारी दिइएको पनि बताएका छन्।

एयर इण्डियाले प्रतिस्थापन गरेको विमान ८ जुनमा स्थानीय समय अनुसार राती सवा १२ बजे सान फ्रान्सिस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ३९ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन