सीएनएनको सीईओबाट क्रिसको राजीनामा | Khabarhub Khabarhub

सीएनएनको सीईओबाट क्रिसको राजीनामा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युर्योक – अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन्।

न्यूयोर्क पोस्टका अनुसार सीएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएको राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन्। लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए।

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सीएनएनबाट अचानक राजीनामा दिनु परेको हो। वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सीएनएनमा उनीहरुसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन्। तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनौती सामना गरिरहनु परेको बताइएको छ।

उनको यो राजीनामा सीएनएनका लागि ठूलो झटका हो। लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ।  हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ। सीएनएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी सीएनएनलाई क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो।

उनी सीएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजीनामा आएको अमेरिकन सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिँदै आएको थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ५८ बजे

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रिय दलित आयोगले जनसङ्ख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका

जेन-जी आन्दोलन : मृतक नेपाली नागरिकका परिवारलाई जनही १५ लाख निकासा गरिने

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली