प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन « Khabarhub

प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। रूपन्देहीको बुटवलमा आइएमई समूहको लगानीमा बनेको केबलकारको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म चल्ने केबलकारमा २४ वटा गोन्डुला (बाकस) रहेका छन्। केबलकार सञ्चालनको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ।

एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन्। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।

आइएमई समूहको यो तेस्रो केबलकार हो। यसअघि चन्द्रागिरी र नवलपुरको मौलाकालिकामा केबलकार सञ्चालनमा आइसकेका छन्।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको जनाइएको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ११ : ४८ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका