प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन « Khabarhub

प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन


२५ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। रूपन्देहीको बुटवलमा आइएमई समूहको लगानीमा बनेको केबलकारको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म चल्ने केबलकारमा २४ वटा गोन्डुला (बाकस) रहेका छन्। केबलकार सञ्चालनको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ।

एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन्। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।

आइएमई समूहको यो तेस्रो केबलकार हो। यसअघि चन्द्रागिरी र नवलपुरको मौलाकालिकामा केबलकार सञ्चालनमा आइसकेका छन्।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको जनाइएको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ४८ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर