चीनले भन्यो- ‘महासागर जापानको निजी ढल होइन’ « Khabarhub

चीनले भन्यो- ‘महासागर जापानको निजी ढल होइन’


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएको गर्दै त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उनले बताए।

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्काशन हुनने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएकोस्तरभन्दा अधिक रहेको उल्लेख छ।

“अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो प्रश्न सोधिरहेका छन्, यदि आणविक केन्द्रबाट दूषित पानी जापानले भनेजस्तै सुरक्षित थियो भने उसले किन त्यसलाई आफ्नै देशका तालतलैयामा नछाडेर सुरुङमार्गमार्फत समुद्रमा किन विसर्जन गरेको हो ?” प्रवक्ता वाङले प्रतिप्रश्न गर्दै जापानले सुमद्रलाई निजी ढलका रुपमा प्रयोग गरेको बताए। सस्तो विकल्प रोज्दा त्यस गरिएको उनको आशय थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ४६ बजे

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट