चीनले भन्यो- ‘महासागर जापानको निजी ढल होइन’ « Khabarhub

चीनले भन्यो- ‘महासागर जापानको निजी ढल होइन’


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएको गर्दै त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उनले बताए।

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्काशन हुनने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएकोस्तरभन्दा अधिक रहेको उल्लेख छ।

“अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो प्रश्न सोधिरहेका छन्, यदि आणविक केन्द्रबाट दूषित पानी जापानले भनेजस्तै सुरक्षित थियो भने उसले किन त्यसलाई आफ्नै देशका तालतलैयामा नछाडेर सुरुङमार्गमार्फत समुद्रमा किन विसर्जन गरेको हो ?” प्रवक्ता वाङले प्रतिप्रश्न गर्दै जापानले सुमद्रलाई निजी ढलका रुपमा प्रयोग गरेको बताए। सस्तो विकल्प रोज्दा त्यस गरिएको उनको आशय थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ४६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको