नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान


२५ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।

भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाइ बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । 

दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  २ : ३३ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर