नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।

भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाइ बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । 

दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  २ : ३३ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो