सांसद देवकोटाको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूतावास किन ? | Khabarhub Khabarhub

सांसद देवकोटाको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूतावास किन ?


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूतावास लेखिएको भन्दै नाम सुधार्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूताबासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘गणतन्त्र आएको लामोसमय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूताबासको नाम परिवर्तन नहुनु राम्रो भएन । यस्ता नाम अन्य कुन–कु देशमा छन् ती सबैको सुधार हुनुपर्छ ।’

सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थीको विषयबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले फेवाताल संरक्षण, सहकारी क्षेत्रको विकृति रोक्न सहकारी शुद्धीकरण अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कुमार दसौदीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘बजेटमा निर्वाचन कार्यालय हटाउने र अन्य कुनै कार्यालयमा व्यवस्थापन गर्ने भनिएको छ, लोकतन्त्रमा निर्वाचनको असाध्यै महत्व हुने र आवधिक निर्वाचनमा जानुपर्ने भएकाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन ती कार्यालयको महत्व छ । त्यसैले निर्वाचन कार्यालय खारेज नगरी यथावत राख्न माग गर्दछु ।’

सांसद दीपा गुरुङले अस्पतालमा भर्ना भएका बिरामीको कुरुवाका लागि व्यवस्था नभएको राजधानीका ठूला अस्पतालमासमेत यस्तो व्यवस्था रहेको भन्दै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड निर्देशिकाबमोजिम बिरामी कुरुवाको बस्ने व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ३ : ११ बजे

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति,

लमजुङमा भूकम्पको धक्का

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु