अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालिन सरकारको स्थानमा सन् २०२१ को अगष्टमा दुई दशकलामो विद्रोह अन्त्य गरेको तालिवान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तरपूर्वी बदख्शान प्रान्तका कार्यवाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।”

प्रान्तीय राजधानी फैजाबादमा भएको विस्फोटबारे जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालय शत्रुहरूको यस क्रूरताको भत्र्सना गर्दछ ।”

प्रत्यक्षदर्शी नसीर अहमदले भने, “म मस्जिदबाहिर पाहुनालाई स्वागत गर्न उभिरहेको थिएँ, अचानक एउटा भयानक आवाजले मस्जिद हल्लायो । हतारमा जब म मस्जिदभित्र पसेँ, मैले रगताम्य शवहरू भुइँमा लडेको देखेँ ।”

घटनास्थल नजिकै रहेका एएफपीका एक पत्रकारका अनुसार तालिबान सरकारका सुरक्षा बलले बिहान अन्त्येष्टि स्थलवरपर चेकप्वाइन्ट खडा गरेका थिए ।

विष्फोटको आवाज सुनिसकेपछि मानिसहरु नजिकैको सडकमा भागेका थिए र सुरक्षा बलले घेरा बन्दी गरेपछि पसलहरु आतंकित भई बन्द भएका थिए ।

 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : १० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर