अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालिन सरकारको स्थानमा सन् २०२१ को अगष्टमा दुई दशकलामो विद्रोह अन्त्य गरेको तालिवान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तरपूर्वी बदख्शान प्रान्तका कार्यवाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।”

प्रान्तीय राजधानी फैजाबादमा भएको विस्फोटबारे जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालय शत्रुहरूको यस क्रूरताको भत्र्सना गर्दछ ।”

प्रत्यक्षदर्शी नसीर अहमदले भने, “म मस्जिदबाहिर पाहुनालाई स्वागत गर्न उभिरहेको थिएँ, अचानक एउटा भयानक आवाजले मस्जिद हल्लायो । हतारमा जब म मस्जिदभित्र पसेँ, मैले रगताम्य शवहरू भुइँमा लडेको देखेँ ।”

घटनास्थल नजिकै रहेका एएफपीका एक पत्रकारका अनुसार तालिबान सरकारका सुरक्षा बलले बिहान अन्त्येष्टि स्थलवरपर चेकप्वाइन्ट खडा गरेका थिए ।

विष्फोटको आवाज सुनिसकेपछि मानिसहरु नजिकैको सडकमा भागेका थिए र सुरक्षा बलले घेरा बन्दी गरेपछि पसलहरु आतंकित भई बन्द भएका थिए ।

 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : १० बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको