चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ « Khabarhub

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गा।बि।स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : २१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा